कांग्रेससँगको गठबन्धन कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भयो : प्रचण्ड — OSNepal

कांग्रेससँगको गठबन्धन कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भयो : प्रचण्ड

LC (KTM) July 19, 2022 0

काठमाडौं ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको गठवन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताएका छन् ।

मंगलबार सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि नेता प्रचण्डले बाहिरिने क्रममा यस्तो बताएका हुन् । तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकिकरण गर्ने विषयमा सकारात्मक समेत भएको उनले बताएका छन् ।

‘हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य एक ठाउँमा छौं । गठबन्धनलाई कायम राखेर जानेमा विमति छैन, कसरी प्रभावकारी बनाउने भन्ने छलफल पनि चलेको छ । हिजो एउटै पार्टीवाला भयौं, हामी नेकपाको बहुमत हौं त्यसैले विचार मिल्नेहरुबीच एकताको सम्भावनाका बारेमा छलफल भएको छ ।’ प्रचण्डले भने ।

पार्टी एकीकरणको पनि चर्चा गरेका गरेको बताएका उनले यो हाम्रो एकीकरण वा छलफल गठबन्धनको विरुद्ध नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर