जनार्दन शर्मा प्रकरण : डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने — OSNepal

जनार्दन शर्मा प्रकरण : डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाइने

LC (KTM) July 19, 2022 0

काठमाडौं ३ साउन । जनार्दन शमामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानविन गर्न बनेको समितिले सीसीटीभी फुटेज उपलब्ध गराउन आग्रह गरेको थियो ।

अर्थ मन्त्रालयले छानबिन समितिलाई १३ दिनको मात्र फुटेज रहने र अरु क्रमशः मेटिँदै जाने जानकारी दिएपछि मेटिएको फुटेज कसरी रिकभर गर्ने भनेर प्रहरीको साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञसँग सुझाव लिएको हो ।

विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर