व्यक्तिगत कारण देखाउँदै क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा — OSNepal

व्यक्तिगत कारण देखाउँदै क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

LC (KTM) July 20, 2022 0

काठमाडौं, ४ साउन –

खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका छन् ।

गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा नेपालमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर