मेस्सीको गोलमा पीएसजी विजयी — OSNepal

मेस्सीको गोलमा पीएसजी विजयी

LC (KTM) July 21, 2022 0

काठमाडौं, ५ :

प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो ।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए ।

प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर