भलिवल संघको निर्वाचन भदौ चौथो साता — OSNepal

भलिवल संघको निर्वाचन भदौ चौथो साता

LC (KTM) July 21, 2022 0

काठमाडौं, ५ साउन:

नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले न्युज कारखानालाई बताए । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन ।

आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर