अत्यधिक रक्तस्राव भएपछि २६ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार — OSNepal

अत्यधिक रक्तस्राव भएपछि २६ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार

LC (KTM) July 21, 2022 0

सिन्धुपाल्चोक-हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तमाङले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाउनुभएको हो । उहाँसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । बाढीका कारण मोटरबाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट बिरामीको उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर