प्रदेश १ को नामाकरण गर्न बसेको बैठक विना निष्कर्ष सकियो — OSNepal

प्रदेश १ को नामाकरण गर्न बसेको बैठक विना निष्कर्ष सकियो

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । प्रदेश १ को नामाकरण गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष सकिएको हो ।

प्रदेशको नाम नामाकरण प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बैठकमा बोलाइएको थियो । तीन घण्टा चलेको बैठकमा नामको विषयमा भने सहमति हुन नसकेको हो ।

जारी बैठकमा पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए । सहमतिका लागि फेरि छलफल गर्ने बैठकमा सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर