अछामको पहिरोमा पुरिएकाको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन गृहमन्त्री खाणको निर्देशन — OSNepal

अछामको पहिरोमा पुरिएकाको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन गृहमन्त्री खाणको निर्देशन

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरोले पुर्याएको क्षतिको जानकारी लिएर उद्धार कार्यमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर उद्धार र राहत कार्यमा कुनै कसुर नराख्न निर्देशन दिएका हुन् ।

गएराति गएको पहिरोमा अमर विष्टको घर पहिरोमा पुरिँदा एकै परिवारका तिनको जनाको ज्यान गएको छ । जसमा ज्यान उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर