अब धेरै पैसा खर्च गर्न सकेन भने चुनाव जितिँदैन : प्रचण्ड — OSNepal

अब धेरै पैसा खर्च गर्न सकेन भने चुनाव जितिँदैन : प्रचण्ड

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने चुनाव खर्च गर्न नसकेर चुनाव हार्ने गरेको बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसमा आयोजित श्रद्धाञ्जली कार्यक्रमा अध्यक्ष प्रचण्डले खर्च गर्न नसक्नेले चुनाव हार्ने गरेको बताएका हुन् ।

‘अब धेरै पैसा खर्च गर्न सकेन भने अनेक खालका तिकदम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’ प्रचण्डले भने । ४ को चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने अवस्था भएको बताएका उनले अहिले त्यस्तो अवस्था नआएको बताए ।

चुनावमा खर्च गरेको पैसा मन्त्री भएपछि असुल्ने समेत गरेको बताएका उनले भने, ‘सांसद हुने बेला करोडौं खर्च गरेर सांसद किन हुन्छन् त मान्छे सांसद नभई मन्त्री प्रधानमन्त्री हुन पाउँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्न पर्ने भयो । सांसद भइसकेपछि मन्त्री हुन त्यहाँ पनि अनेक खालका खेलहरु खेल्नुपर्यो मन्त्री भएपछि लगानी उठाउनुपर्यो त्यत्रो लगानी गरिसकेको छ । अनि त्यहाँ भ्रष्टचार संस्थागत हुन्छ । ’

साथै कार्यक्रममा आफुले ल्याएको निर्वाचन प्रणाली खतरामा गरेको भन्दै यसको लागि सडकमा जनतालाई सडकमा ल्याउनुपर्ने अवस्था आएको बताए ।

हामीले ल्याएको निर्वाचन प्रणाली खतरामा पर्यो भनेर जनतालाई सडकमा ल्याउनुपर्यो ठूलोठूलो आन्दोलन गर्नुपर्यो नत्र त यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ । भन्न सकिदैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर