नेपालमा ह्वात्तै बढे कोरोना संक्रमण, आज एकैदिन ५६८ जना नयाँ संक्रमित थपिए — OSNepal

नेपालमा ह्वात्तै बढे कोरोना संक्रमण, आज एकैदिन ५६८ जना नयाँ संक्रमित थपिए

LC (KTM) July 25, 2022 0

काठमाडौं, ९ साउन :

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

बितेको चौबिस घण्टामा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर