नारायणगढको पुलचोकमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु — OSNepal

नारायणगढको पुलचोकमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

LC (KTM) July 25, 2022 0

चितवन-पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना आज दिउँसो भएको हो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर