महन्थ ठाकुरले यादव पक्षलाई गरेको कारवाही फर्जी हो : राई — OSNepal

महन्थ ठाकुरले यादव पक्षलाई गरेको कारवाही फर्जी हो : राई

LC (KTM) June 20, 2021 0

काठमाडौं ६ असार । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य मोहम्मद ईस्तियाक राईले अध्यक्ष महन्थ ठाकुरले गरेको उपेन्द्र यादव पक्षलाई गरेको कारवाही फर्जी भएको बताएका छन् । नेता राईले हिजो एक कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

राईले यादवलाई गरिएको कारवाहीमा ठाकुरको मात्र एकल हस्ताक्षर भएको समेत बताएका छन् । कार्यक्रममा राईले ठाकुरले किर्ते गरेको जिकिर समेत गरेका छन् ।‘महन्थ ठाकुरसहित चार नेतालाई पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यहरुले हटाएको हो, राईले कार्यक्रममा भने, तर, उपेन्द्र यादवलाई गरिएको कारबाही चाहीँ महन्थ ठाकुरको एकल हस्ताक्षले गरिएको हो । यो किर्ते काम हो ।’

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनकारी कार्यलाई अदालतल समेत सवित गरिदिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर