गृह मन्त्रालयको आग्रह : भिजिट भिसामा विदेश गएर काम नगर्नू , समस्या पर्दा उद्दारमा कठिनाइ हुन्छ — OSNepal

गृह मन्त्रालयको आग्रह : भिजिट भिसामा विदेश गएर काम नगर्नू , समस्या पर्दा उद्दारमा कठिनाइ हुन्छ

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेहरुले काम नगर्न आग्रह गरेको छ । मन्त्रालयले भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने केहि अवस्थामा उद्दारमा समेत कठिनाइ हुने भएकाले श्रम नगर्न आग्रह गरेको हो ।

रोजगारीका लागि जाने नेपालीहरुले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान आग्रह गरेको मन्त्रालयले आज बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी गराएको हो ।

पछिल्ला समयमा भिजिट भिसामा विदेश गएर काम गर्ने गन्तव्य मुलुकबाट फिर्ता पठाइदिने बिच बाटोमा अलपत्र बन्ने गरेको समाचार आउन थालेपछि मन्त्रालयले आज विज्ञप्ती मार्फत जानकारी गराएका हुन् ।

भिजिट भिसाको प्रयोग गरी श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर