संसदीय समितिको सरकारलाई प्रश्न : एसपीपीमा सहभागी हुन्नौं भनेर अमेरिकालाई किन पत्र नपठाएको ? — OSNepal

संसदीय समितिको सरकारलाई प्रश्न : एसपीपीमा सहभागी हुन्नौं भनेर अमेरिकालाई किन पत्र नपठाएको ?

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर पत्र किन नपठाएको भन्दै प्रश्न गरेका छन् ।

सरकारले परराष्ट्र मन्त्रालय मार्फत एसपीपीमा सहभागी नहुने निर्णय गरेर पत्राचार गर्ने बताएको थियो । जसअनुसार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।

तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन । पत्र नपठाएको विषयमा आज बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई किन पत्राचार नगरेको भन्दै प्रश्न गरेको हो ।

बैठकले पत्राचार नगर्नुको कारण माग समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर