एकैदिन ५६४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु — OSNepal

एकैदिन ५६४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा सकं्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।त्यसैगरी , पछिल्लो २४ घण्टामा २०२ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर