एमाले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई सिध्याउन तिर लाग्यो : ओली — OSNepal

एमाले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई सिध्याउन तिर लाग्यो : ओली

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका क्रियाकलाप कै कारण संघीयता समेत बदनाम भएको बताएका छन् ।

बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको भन्दै यस्तो बताएका हुन् ।

आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको भन्दै टिप्पणी गरेका ओलीले प्रचण्डले तीन वर्ष रोकेर राखेको विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताए ।

एमाले राष्ट्रियताको पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने तिर लागेको आरोप लगाएका ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रीत रहेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर