घरमा लक्ष्मीको आगमन भएपछि खुशीले फुरुगं ‘परदेशी’का हिरो प्रशान्त, यसरी गरे स्वागत — OSNepal

घरमा लक्ष्मीको आगमन भएपछि खुशीले फुरुगं ‘परदेशी’का हिरो प्रशान्त, यसरी गरे स्वागत

LC (KTM) July 27, 2022 0

काठमाडौँ ।

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन् ।

प्रशान्तले आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै आफ्ना फ्यान र आफन्तहरुमाझ खुसी बाँडेका छन् । छोरी जन्मिए लगत्तै उनले छोरीको नाम पनि राख्न भ्याएका छन् ।

प्रशान्तले छोरीको नाम आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

सामाजिक संजालका माधयमबाट छोरी जन्मेको खुशीयाली बाँड्दै उनले लेखेका छन् ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ ।

सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद ।

इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र मार्थाले तीन वर्षअघि विवाह गरेका थिए ।

मार्था एयर होस्टेस समेत हुन् । प्रशान्त दशैंअघि फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि नेपाल आउने तयारीमा छन् । फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिजको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर