काठमाडौं महानगरले ‘क्लिन दि सिटी’ अभियान चलाउनुका साथै सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने — OSNepal

काठमाडौं महानगरले ‘क्लिन दि सिटी’ अभियान चलाउनुका साथै सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने निणर्य गरेको छ ।

महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको स्रोतबाटै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गर्नुको साथै काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद गरेर सहुलियतमा वितरण गर्ने निणर्य समेत गरेको छ ।

जसको लागि महानगरले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै , महानगरले चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि १० लाख बजेट छुट्टाएको छ ।

सरसफाइमा काम गर्ने महानगरका कर्मचारीलाई स्वास्थ्य बीमा गर्नको लागि महानगरले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

ति कर्मचारीहरुलाई महानगरले तौलिया रुमाल, साबुन, गमबुट, पानी वर्षादी किन्नको लागि ४० लाख तथा माक्स पञ्जा र सेनिटाइजका लागि २५ लाख रुपैयाँ र चियाकफी खर्च भनेर १५ लाख रुपैयाँ मबजेट महानगरले छुट्याइएको छ ।

साथै, विशेष सरसफाइ, रात्रिभत्ता, खाना तथा खाजाको लागि ५० लाख छुट्टाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर