देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल — OSNepal

देवघाटलाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

LC (KTM) July 27, 2022 0

दमौली, ११ साउन-नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटधामलाई धार्मिक पर्यटनको गन्तव्यवस्थल बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देवघाटधामको विशिष्ट महत्व रहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले देवघाटधामको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । देवघाटको समस्याका बारेमा हामी सबै अवगत रहेको भन्दै वरिष्ठ नेता पौडेलले यो क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।

देश विकास मुख्य उद्देश्य राखी आफूले राजनीति सुरु गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “तनहुँमा मेरो नेतृत्वमा धेरै विकास योजना सुरु भएका छन्, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो । त्यसतर्फ म कटिबद्ध भएर लागेको छु ।” उहाँले अधुरा योजनालाई पूरा गराउनेतर्फ मुख्य ध्यान रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले गठबन्धन गरेरै चुनावमा जाने बताउनुभयो । गठबन्धन देशको आवश्यकता भएको उहाँको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर