शर्मामाथि छानविन गर्न बनेको समितिमा सत्ता पक्ष र प्रतिपक्ष दुई धारमा बाँडियो, ‘नोट अफ डिसेन्ट’ लेख्न सक्ने एमालेको चुनौती — OSNepal

शर्मामाथि छानविन गर्न बनेको समितिमा सत्ता पक्ष र प्रतिपक्ष दुई धारमा बाँडियो, ‘नोट अफ डिसेन्ट’ लेख्न सक्ने एमालेको चुनौती

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष छानविन समिति दुई धारमा बाँडिएको छ । शर्मालाई क्लीन चिट दिने सत्तापक्षीय सांसदहरुको प्रस्तावमा प्रतिपक्षी सांसदहरु सहमत नभएका कारण सांसदहरु दुई धारमा बाँिडएका हुन् ।

शर्माविरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा सत्तापक्षको निणर्यमा एमालेले भने सहमत जनाएको छैन । एमालेका सांसदहरुले भने सरकार र खासगरि अर्थमन्त्रालयले छानविन समितिलाई असहयोग गरेकाले शर्मालाई निर्दोष मान्न नसकिने जिकिर गरेका छन् ।

हिजो बुधबारबाट प्रतिवेदन लेख्न सुरु गरेको समितिको आज समूह–समूहमा अनौपचारिक छलफल गरिरहेको बताइएको छ । अहिले समितिको सचिवालय सदस्य सचिव सुरेन्द्र एमाले, कांग्रेस, माओवादी तथा अन्य दलका सांसदहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर बेग्लाबेग्लै छलफल गरेका छन्।

एमालेका सांसदहरुले यदि अर्थमन्त्रीलाई निर्दोष ठहर गरेर प्रतिवेदन लेखिएको खण्डमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न सक्ने चुनौती समेत दिएको बताइएको छ । समय सकिँनै लाग्दा समितिले आजै प्रतिवेदनलाई पूर्णता दिनुपर्ने दवाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर