मलाई हराएर जनताले पछुतो माने, अब देखि त्यस्तो गल्ती नदोहोरियोस् : ओली — OSNepal

मलाई हराएर जनताले पछुतो माने, अब देखि त्यस्तो गल्ती नदोहोरियोस् : ओली

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराएर जनताले पछुतो मानेको बताएका छन् । विहीबार पार्टीको दमक नगर कमिटी कार्यालयमा आयोजना गरिएको एक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

गएको २०६४ को निर्वाचनमा आफुलाई हराएरका जनताले एक वर्ष नबित्दै गल्ती गरिएछ भनेर पछुतो ओलीले स्मरण गराए ।

भर्खरै गएको स्थानीय निर्वाचनमा पनि यस्तो गल्ती गरेको देखिएको भन्दै उनले भने , ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’

पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के भन्दै ओलीले कार्यकर्तालाई प्रश्न गरे ।

आफुहरुले व्यक्ति उठाउने नभई पार्टी उठाउने भएको बताएका उनले भने , ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर