मिर्गौलामा समस्या आयो भनेर कसरी थाहा पाउने ? मिर्गौलालाई बचाउने डा. दिव्या सिंहका यस्ता छन् सुझावहरु — OSNepal

मिर्गौलामा समस्या आयो भनेर कसरी थाहा पाउने ? मिर्गौलालाई बचाउने डा. दिव्या सिंहका यस्ता छन् सुझावहरु

LC (KTM) July 28, 2022 0

स्वास्थ्यकर भोजन, पर्याप्त पानी र नियमित व्यायाम गरेमा मिर्गौलालाई विभिन्न रोगबाट बचाउन सकिने डा. दिव्या सिंह शाह बताउँछिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक समेत रहेकी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन डा. शाहले मिर्गौला स्वस्थ राख्न अरू के-के सुझाव दिएकी छिन्?

हेर्नुहोस् मिर्गौला बचाउने डा। दिव्या सिंहका यस्ता सुझावहरु भिडियोमा

यो पनि : सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि पुग्छ फाइदा : काठमाडौ- सुन्तला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । यसको सेवन प्राय मानिसहरुले गरेको हुन्छन् । यो भिटामिन सि को भण्डार हो ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ ।

दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ । थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ  यसको सेबनले मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गछृ । सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । भनेर सुन्तलाको बोक्राले अनुहार सुन्दर बनाउन काम समेत गर्दछ ।

कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । अनुहारमा दाग, धब्बा भएको छ भने सुन्तलाको बोक्रा पिधेर लगाउदा निकै लाभदायिक हुन्छ ।अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हटेर जाने हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर