नेकपा एमाले छाडेका मनाङे अध्यक्ष प्रचण्डलाई भेट्न पुगे खुमलाटार — OSNepal

नेकपा एमाले छाडेका मनाङे अध्यक्ष प्रचण्डलाई भेट्न पुगे खुमलाटार

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दिपक मनाङे) बीच आज आइतबार भेटवार्ता भएको छ । नेकपा एमाले सरकारलाई छाडेपछि पछिल्लो समय मनाङेको विपक्षीदलहरुलाई भेट्ने क्रम बाक्लिएको छ ।

यस भन्दा अघि नेता बाबुराम भट्टराईलाई भेटेका मनाङे आज प्रचण्ड निवास खुमलाटार पुगेका हुन् ।

प्रचण्डसँगको तस्विर सार्वजनिक गर्दै मनाङेले फेबुकमा लेखेका छन्, ‘प्र​च​ण्डज्यू सँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लिएको त​स्बिर ।’ मनाङे गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर