प्रेमीबाट पटक पटक बलात्कृत भएँ, न्याय कतैबाट पनि पाइन भन्दै भक्कानिइन् बिनु — OSNepal

प्रेमीबाट पटक पटक बलात्कृत भएँ, न्याय कतैबाट पनि पाइन भन्दै भक्कानिइन् बिनु

LC (KTM) July 29, 2022 0

काठमाडौँ ।

सिराहाकी बिनु यादवले आँफुलाई न्यायिक निकायहरुले पनि न्याय दिलाउन असहयोग गरेको आरोप लगाएकी छिन् ।

बिनुले न्याय खोज्दै हिँड्दा न्यालयसम्म धाउँदा निकै हैरानी खेपेको समेत आरोप लगाइन् । उनी प्रेमी प्रदिप कठायतबाट प्रेम कालमा नै सहमतीमा शारीरिक सम्बन्ध राखेर गर्भवती बनिन् ।

तर उनका प्रेमी प्रदिपले बच्चा फाल्न दबाब दिँदा बिनुले नमानेपछि समस्या त्यहीँबाट सुरु भयो ।

प्रेमी प्रदिपले विबाह अघि नै कायम गरेको सम्बन्धबाट हुर्किदै गरेको बच्चा अन्तत बिनुको स्वास्थ्यमा थप समस्या आएपछि खेर गयो ।

तर पनि प्रेमीले उनलाई निरन्तर दुख दिइ नै रहेको बिनुको आरोप छ ।

प्रहरीले समेत खुलेर सहयोग नगरेको बताउँदै आएकी बिनुले भक्कानिँदै खोलीन् यस्ता भित्री कुराहरु । हेर्नुहोस् बिनुसँग गरिएको यो कुराकानी

यो पनि : रुपन्देहीबाट एसईईमा पाँच जनाले ल्याए ४ जिपिए : माद्यामिक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन् ।

सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका विवेक न्यौपानेले जिपिए ४ ल्याएका छन् । संस्थागततर्फ न्यू होराइजनका स्प्रिया ढकाल र विमर्श ज्ञवालीले जिपिए ४ ल्याएका छन् । त्यस्तै, अक्सफोर्ड माविका विलक्षण भुसाल र दीपेश भुसालले पनि जिपिए ४ ल्याएका छन् ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । रुपन्देहीबाट १७ हजार ६ सय ९२ विद्यार्थी सम्मिलित भएकोमा सबैको नतिजा सार्वजनिक भएको छ । जिल्ला विभिन्न ३ सय ३५ विद्यालयबाट प्राविधिकतर्फबाट ४ सय २२ र ग्रेडवृद्धितर्फ १७२ जना विद्यार्थी सहभागी रहेका थिए ।

प्रकाशित नतिजा अनुसार ९ वटा वर्गमा विद्यार्थीहरूको नतिजालाई प्राप्ताङ्क आधारमा छुट्ट्याइएको छ । जिल्लाका ५ जनाले ४ जिपिए ल्याएका छन् भने ३५० जनाले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै ए ग्रेडका विद्यार्थी १ हजार ४ सय ९६ जना, बी प्लसका ३ हजार ८४, बी ग्रेडका ३ हजार ६ सय १० , सी प्लसका ३ हजार ५ सय ५४, सी ग्रेडका ३ हजार ४ सय ३७, डी प्लस १ हजार ६ सय ७५ र डी ग्रेड ल्याउने ८७ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर