पारससँगको लफडाका बारेमा खुलेर बोले गायक रामकृष्ण, आखिर के थियो लफडा ? — OSNepal

पारससँगको लफडाका बारेमा खुलेर बोले गायक रामकृष्ण, आखिर के थियो लफडा ?

LC (KTM) July 31, 2022 0

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले पूर्वयुवराज पारस शाहसँगको झगडाबारे खुलेरै कुरा गरेका छन् । एक निजी टिभी कार्यक्रममा बोल्दै उनले खुलेर कुरा गरेका हुन् । ढकालले शाहलाई व्यक्तिगत रुपमा राम्रोसँग चिन्ने उल्लेख गरेका छन् । ‘

मेरो पहिलो विवाह बर्षगाँठ थियो, हामी नगरकोट क्लब हिमालय गएका थियौँ ।राज परिवार पनि त्यहाँ आउनु भएको थियो उनले भने । पारस सरकारदेखि लिएर दीपेन्द्र सरकारदेखि लिएर वीरेन्द्र सरकार, ज्ञानेन्द्र सरकार सबैसँग आफु जनिक भएकोर दरबारमा सुधीर सरकारको बिहेमा त आफुलाई निम्ता नै आएको उनले बताएका छन् ।

राज परिवारसँग पहिलेदेखि नै नजिक भएको बताउँदै उनले त्यस्तै उनले विबादका विषयमा पनि बोलेका छन् । उनले उक्त विबाद पारससँग नभई उनका सहयोगी सँग भएको बताए । । जाँदा जाँदै उहाँ हिडिसकेपछि उहाँको टिमसँग मेरो विवाद भएको थियो ।’ ढकालका अनुसार पछि पुनः भेटघाट गरेर उक्त विवाद साम्य पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर