नेपाली नायिका परमिताले भेटिन् बलिउड स्टार नवाजुद्दिन सिद्दिकीलाई , के- के भयो कुराकानी ? — OSNepal

नेपाली नायिका परमिताले भेटिन् बलिउड स्टार नवाजुद्दिन सिद्दिकीलाई , के- के भयो कुराकानी ?

LC (KTM) July 31, 2022 0

काठमाडौं :

अभिनेत्री परमिता राणाले बलिउड स्टार नवाजुद्दिन सिद्दिकीसँग भेट गरेकी छन् । भेटमा राणले छोटो र मिठो कुरा गरेको बताएकी छन् । उनले भेटमा सिद्दिकी आफ्नो मनपर्ने अभिनेता भएको बताएकी छन् । त्यस्तै उनले आफुले हामी नेपाली तपाईंको अभिनयलाई मनपराउँछौं भने पछि सिद्दिकीले थ्यांक्यु भनेको बताएकी छन् ।

दुईबीच अरु के(के कुराकानी भयो परमिताले सबै नखुलाएपनि भेट रोचक भएको बताइएको छ । तस्बिरमा दुबैजना खुशी देखिएका छन् । परमिताले यसअघि बलिउड स्टार गुल्सन ग्रोबर अभिनित नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डू’मा पनि अभिनय गरेकी थिइन् ।

फिल्म र मोडलिङको कामको सिलसिलामा अहिले मुम्बईमा रहेकी उनले हालैमात्र अनलाइन थ्रीप्ट पसल संचालनमा ल्याएकी छन् । परमिता टिभी रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’पछि फुर्सदमा थिइन् । अहिले भने एजेन्सीले बोलाएपछि उनी मुम्बइ पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर