उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिए — OSNepal

उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिए

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले चार जिल्लाको प्रहरी प्रमुख फेरिएका छन् । आइतबार गरिएको काज सरुवा अनुसार नेपाल प्रहरीका उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिएका हुन् ।

जसमा फेरिएका प्रहरी प्रमुखमा उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितको नाम परेको छ ।

हाल कार्यरत उदयपुरका एसपी सुवासचन्द्र बोहोरा प्रहरी प्रशासन सिंहदरबार, सुनसरीका सञ्जयसिंह थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इलामका महेन्द्र श्रेष्ठ मधेश प्रहरी कार्यालयको आर्थिक प्रशासन शाखामा र नुवाकोटका एसपी रामप्रकाश शाह प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर