गोलकिपर किरण चेमजोङले खेल मैदानमै आफ्नी प्रेमिकालाई औंठी लगाइदिएर राखे विवाहको प्रस्ताव, भिडियो भाइरल — OSNepal

गोलकिपर किरण चेमजोङले खेल मैदानमै आफ्नी प्रेमिकालाई औंठी लगाइदिएर राखे विवाहको प्रस्ताव, भिडियो भाइरल

LC (KTM) August 02, 2022 0

काठमाडौं :

नेपाली फुटबल टिमका गोलकिपर किरण चेमजोङले खेल मैदानमै आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन्। चेमजोङले सोमबार राति माल्दिभ्सको फुटबल मैदानमा आफ्नी प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन् । उनले बिहेको प्रस्ताब राखेको तस्विर सामाजिक संजालमा भाइरल बनेको छ ।

उनले औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका थिए। त्यही खुसीयालीमा उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव राखेका हुन्। आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव राखेको भिडियो स्वयम उनले नै सामाजिक संजालमा राखे पछि भाइरल बनेको छ ।

सोमबार राति माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल भएको थियो। लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर