आइतराज थुम्बापोको शब्द तथा संगीत रहेको गीतमा अमिर गजमेरको स्वर, हेर्नुहोस् भिडियो — OSNepal

आइतराज थुम्बापोको शब्द तथा संगीत रहेको गीतमा अमिर गजमेरको स्वर, हेर्नुहोस् भिडियो

LC (KTM) August 02, 2022 0

काठमाडौँ । नेपाली भाषा त बिर्सनु हुन्न बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकाबिच सिक्किमका पुर्व मुख्यमन्त्री डाक्टर पावन चाम्लिगंको उपस्थितीतिमा भिडियो रिलिज गरिएको हो ।

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बिचमा लोकप्रिय हिमालय म्यूजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गएता पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ ।

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसुोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिगं एण्ड मास्टरिगं रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन रहेको छ । रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन सुरेन्द्रमान सिंहले गरेका हुन् ।

लामो समयदेखि नेपाली कला, संस्कृति र साहित्यको जर्गेना गर्दै आएको हिमालयन म्यूजिक एकेडेमीले अमेरिकामा रहेर पनि ब्यस्त दैनिकीका बाबजुद नेपाली भाषा र कलालाई जिवन्त राख्ने उदेश्यले लगातार सांस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । सार्वजनिक गीत पनि सोही कामको शृखला भएको एकेडेमिका सिइओ पुष्प गजमेर बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर