आमिर र करिना अभिनित फिल्म ‘लाल सिंह चड्डा'को नेपाल अधिकार अहिलेसम्मकै महंगो मूल्यमा खरिद — OSNepal

आमिर र करिना अभिनित फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै महंगो मूल्यमा खरिद

LC (KTM) August 02, 2022 0

काठमाडौं :

‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ । फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा किनेको हो ।

जुन फिल्मको राइट अहिलेसम्मकै उच्च हो । यस अघि ‘केजीएफ स् च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो ।

आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । ‘ आमिर खान प्रोडक्सन र भायकम(१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ ।फिल्मको विश्वव्यापी वितरण चाहिं हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले गर्दैछ ।

अद्वेत चन्दनले निर्देशन गरेको फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।सेतुले छायांकन गरेको फिल्मलाई हेमन्ती सरकारले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर