मुम्बईमा भारतीय सञ्चारमाध्यमबाट घेरिए 'प्रेमगीत ३’ टिम, प्रदीपले भने 'नेपाल र भारतबीच सिमाना मात्रै खुला होइन् हृदय पनि खुला छ' — OSNepal

मुम्बईमा भारतीय सञ्चारमाध्यमबाट घेरिए ‘प्रेमगीत ३’ टिम, प्रदीपले भने ‘नेपाल र भारतबीच सिमाना मात्रै खुला होइन् हृदय पनि खुला छ’

LC (KTM) August 02, 2022 0

काठमाडौं :

फिल्म ‘प्रेमगीत ३’को प्रर्दशन मिती नजिकिँदै गएपछि फिल्मका कलाकारहरु प्रचार प्रसारमा जुटिरहेका छन् । यसैबिचमा फिल्म ‘प्रेमगीत ३’ले पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गरेको छ ।

मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमबाट र्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का र क्रिस्टिना गुरुङ घेरिएका थिए । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता प्रदीप खड्काले नेपाल र भारतबीच खुला सीमानासँगै हृदय पनि खुला भएको बताए ।

खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको भन्दै भारतिय दर्शकले फिल्म हेर्नेमा आफु विश्वस्त भएको बताए । त्यस्तै अभिनेत्री क्रिस्टिना गुरुङले फिल्मको कथावस्तुले नेपाल र भारतलाई जोड्ने भन्दै फिल्म भारतिय दर्शकले पनि मन पराउने बताइन् । निर्देशक सेनले भारतमा नेपाली फिल्मको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर