पूर्वपति डेपलाई क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले १.५ मिलयिन डलरमा बेचिन् घर — OSNepal

पूर्वपति डेपलाई क्षतिपूर्ति तिर्न हलिउड अभिनेत्री एम्बरले १.५ मिलयिन डलरमा बेचिन् घर

LC (KTM) August 03, 2022 0

एजेन्सी । हलिउड अभिनेता एम्बर हर्डले क्षतिपूर्ति तिर्नका लागि आफ्नो घर नै बेचिदिएकी छन् । हर्डले पूर्वपति डेप विरूद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेता डेपले हर्ड विरूद्ध मानहानीको मुद्दा दायर गरे ।

यस मुद्दामा डेप विजयी भए र अदालतले हर्डलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश पछि उनी आफ्नो घर नै बेच्न बाध्य भएकी हुन् । उनले १.५ मिलयिन डलरमा क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई स्टेटमा रहेको आफ्नो सम्पत्ति बेच्ने सम्झौता गरेकी छन् । सम्पत्ति ६ ​​एकडमा फैलिएको छ, तीन शयनकक्ष र तीन बाथरूमको साथ ।

उनले यो सम्पत्ति १.५ मिलयिन डलरमा बेचेको अन्त्राष्ट्रिय मिडियाले जनाएका छन् । डेप-हर्ड मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए । उनले आफ्नो आदेशमा दुवै जनाले आ(आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन् ।

जसमा डेपको छवि बिगारेको आरोपमा अदालतले हर्डलाई १० मिलियन डलर तिर्न भनेको थियो । योसँगै डेपले हर्डलाई २० लाख डलर दिन पनि आदेश दिएको थियो । हर्डले अदालतको निर्णयलाई निराशाजनक भन्दै यसले आफ्नो मन टुटेको बताएकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर