आफूलाई फिट राख्न यी काम गर्छिन सुन्दरी करिना — OSNepal

आफूलाई फिट राख्न यी काम गर्छिन सुन्दरी करिना

LC (KTM) August 03, 2022 0

एजेन्सी- बलिउड अभिनेत्री करीना कपूर खान आजकल आफ्नो धेरै प्रोजेक्टमा व्यस्त छिन् । उनी छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानसँग देखिने भएकी छिन् । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् । अद्वैत चन्दन द्धारा निर्देशित र आमिर खानको ब्यानरमा निर्माण गरिएको, यो १९९४ को अमेरिकी फिल्म फरेस्ट गम्पको रिमेक हो।

यसका अलावा करीना कपुर खान सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनी प्रायः आफ्नो उत्कृष्ट फेसन सेन्सका लागि चिनिन्छिन्। उनको लुक्स र स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् । आजको समयमा करिना दुई सन्तानकी आमा भएपनि आज पनि उनको लुक्ससँग अन्य कुनै अभिनेत्रीले प्रतिस्पर्धा गर्न सक्दैनन् । उनी अहिले पनि पुरानै शैलीमा बाँचिरहेकी छिन् ।

करिनाले आज पनि आफूलाई फिट राखेकी छिन् । करीना प्रायः जिममा वर्कआउट र योगा गरिरहेको देख्न सकिन्छ, जसको फोटो९भिडियो उनले आफ्ना फ्यानहरूसँग सेयर गर्छिन् । हालै करिनाले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी छिन् । तस्विरमा करीना कालो रंगको ड्रेसमा देखिएकी छिन् । साथै उनको यो सुन्दर र आकर्षक लुक्सलाई फ्यानहरुले निकै रुचाइरहेका छन् ।

उनका यी तस्बिरमा फ्यानहरुले कमेन्ट गर्दै उनको तारिफ गरिरहेका छन् । करिनाको यो तस्बिर यंग चेन्जमेकर कन्क्लेभको हो, जसमा करीना कपूर पनि सहभागी भएकी थिइन् । यस क्रममा करिनाले धेरै तस्बिर क्लिक गरिन्, जसलाई उनले आफ्नो इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । तस्विरहरूमा, करीनाले सुनौलो हुप झुम्का र सुनको घडी सहित लामो कालो पोशाक लगाएको देखिन्छ। साथै, उनले आफ्नो कपाल खुला राखेकी छिन्, जसले उनको जबरदस्त लुक्स दिइरहेको छ।

अर्कोतर्फ करीना कपूर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी लामो समयदेखि आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्डा’ को बारेमा चर्चामा छिन् । उनको यो फिल्म यही वर्ष अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । यस बाहेक करीनाले ओटीटीमा पनि डेब्यु गर्न लागेकी छिन्, जसको लागि फ्यानहरुले निकै प्रतिक्षा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर