‘पापाकी परी’ बोलको गीतमा पेटीकोटमा नाच्ने मोडल करिश्माको आलोचना — OSNepal

‘पापाकी परी’ बोलको गीतमा पेटीकोटमा नाच्ने मोडल करिश्माको आलोचना

LC (KTM) August 05, 2022 0

काठमाडौं :

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । चर्चा हुनुको कारण हो गीतको भिडियो र शब्दका कारण हो । गीतमा शिब हमालको शब्द रहेको छ । गीतमा शब्दकाका कारण पनि शिब हमालको आलोचना गरिएको छ ।

यद्यपी शिब हमालले भने माफी मागि सकेका छन् । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक संजालमा उनी बिरुद्ध समेत बिभिन्न आलोचना भइरहेको छ ।

गीतको बिषयमा चौतर्फी दबाव भएपछि हमालले गीतको भिडियो सच्याउने भएका छन् । ‘गीत र भिडियोको बिषयमा आफु लज्जित भएको पनि हमालले बताएका छन् । यता पेटीकोट लगाएर नाँचेको भन्द मोडलको पनि आलोचना गरिएको छ ।

तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् । गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । भिडियोलाई मौसम हिमालले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर