स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ : ओली — OSNepal

स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ : ओली

LC (KTM) August 05, 2022 0

स्वतन्त्रले चुनाव जित्न संसारका सबै मानिस पागल हुनुपर्छ , दलीय प्रणाली विना देश अगाडी बढ्दैन ।

काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताएका छन् ।

दुवै दल एकदम खतरनाक भएको भन्दै उनले निरन्तर निगरानी गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीले जे पनि गर्न सक्ने भन्दै उनीहरुको निरन्तर निगरानी गर्नुपर्ने बताए ।

लाज सरम नभएको गठवन्धनले जे पनि गर्न सक्ने भन्दै आलोचना गरेका उनले भने, ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ ।

गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन भन्दै ओलीले उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दू मुक्त गर्नुपर्ने बताए । सम्बोधनमा उनले चुनाव स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल हुनुपर्ने भन्दै दलीय प्रणाली आवश्यक रहेको बताए ।

‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ? उनले प्रश्न गरे ।’

स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने दावी गरेका उनले फरक फरक सोच भएका स्वतन्त्रहरुले कसरी एकरूपतामा काम गर्न सक्छन् भन्दै ओलीले प्रश्न गरे ।

उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर