पति अभिनव शुक्लाको प्रशंसा गरेर थाकिनन् 'बिग बोस १४' की बिजेता रुबीना दिलैक — OSNepal

पति अभिनव शुक्लाको प्रशंसा गरेर थाकिनन् ‘बिग बोस १४’ की बिजेता रुबीना दिलैक

LC (KTM) August 05, 2022 0

एजेन्सी-टेलिभिजनकी पपुलर अभिनेत्री रुबीना दिलैक रियालिटी शो बिग बोस १४ को बिजेता भइसकेकी छिन् । यीनै रुबीना सामाजिक सञ्जालमा पनि एकदमै सक्रिय रहने गरेकी छिन् । हालै उनको फ्यान फलोइंग पनि एकदमै धेरै रहेका छन् ।

सामाजिक सञ्जाल बाटै उनले आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेकी छैनन् । उनी आफ्नो ब्यक्तिगत जिवनका कुराहरु पनि आफ्ना फ्यानहरु संग शेयर गरिरहेकी हुन्छिन् । बिग बोसकी बिजेता समेत रहेकी रुबीना इन्ष्टाग्राममा फ्यानहरुका लागि समय निकालेर आफ्नो जिवनका बारेमा रमाईलो किस्साहरु शेयर गर्ने गर्छिन् ।

उनले अहिले एउटा भिडियो शेयर गरेकी छिन् । जुन अहिले एकदमै भाइरल भइरहेको छ । उनले हालै शेयर गरेको भिडियोमा आफ्ना पति अभिनव शुक्लाको बारेमा कुरा गरेकी छिन् । उनले अभिनव संगको पहिलो भेटका बिषयमा रमाईलो किस्सा सुनाएकी छिन् ।

रुबीनाले भिडियो शेयर गर्दै क्याप्सन लेखेकी छिन्– यही त अभिनव शुक्लालाई देखेर मेरो दिलले भनेको थियो , जब मैले उनलाई पहिलो पटक देखेको थिए । उनले आफुले अभिनव संग भेट्दा पहिलो पटक उनको रिएक्शन कस्तो थियो, कहाँ भेटियो सबै कुरा भिडियोमा सुनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर