संसद् र संविधानको रक्षा गर्नको लागि बनेको गठवन्धन सरकार निर्वाचन भन्दा पहिले भत्किदैन : मन्त्री बडू — OSNepal

संसद् र संविधानको रक्षा गर्नको लागि बनेको गठवन्धन सरकार निर्वाचन भन्दा पहिले भत्किदैन : मन्त्री बडू

LC (KTM) August 05, 2022 0

कैलाली २० साउन । नेपाली कांग्रेसका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचनमा गठवन्धनको चुनावी तालमेल हुने बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्वाचन भन्दा पहिले गठवन्धन नभत्किने दावी गरेका हुन् ।

‘चुनावसम्म गठबन्धन यथावत् नै रहन्छ,निर्वाचन पछि पनि एक साथ जानुपर्न हुन सक्छ ।’ उनले भने ।

सरकारले निर्वाचनको मिति तोकेसँगै अब निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका उनले अहिलेको मुख्य काम भनेको निर्वाचनको तयारीमा लाग्नु भएको बताए ।

संसद् र संविधान खतरामा परेपछि त्यसको रक्षाको लागि बनेको गठवन्धन सरकार निर्वाचनमा सम्म जाने निश्चित रहेको दावी गरेका उनले भने, ‘मुलुक अब संविधान सम्बन्ध बाटोमा फर्केको छ,संसद्ले पूर्णता पाएको छ । संविधानको रक्षा भएको छ ।’

सरकारले मात्रै सबै उद्योग चलाउन नसक्ने भन्दै मन्त्री बडुले अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्ण लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्ने बताए ।

मन्त्री बडूले भने, ‘यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर