हलिउडको बहुप्रतीक्षित फिल्म 'जोकर २’मा लेडी गागाले अभिनय गर्ने पक्का — OSNepal

हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’मा लेडी गागाले अभिनय गर्ने पक्का

LC (KTM) August 05, 2022 0

काठमाडौं :

हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’मा लेडी गागा अनुबन्धित भएकी छन् । आफु फिल्ममा अनुबन्धित भएको कुरा गागाले नै सामाजिक संजाल मार्फत जानकारी गराउकी हुन् । माजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सार्वजनिक गर्दै गायिका समेत रहेकी गागाले यसको पुष्टि गरेकी हुन् ।

सन् २०१९ को चर्चित फिल्म ‘जोकर’बाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेपछि ज्याकिन कमब्याक तयारीमा छन् ।जोकर स् फोली अ डिक्स’ औपचारिक शीर्षक राखिएको फिल्ममा गागा मुख्य अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा प्रस्तुत हुनेछिन् ।

टिजरमा गागाले टोनी बेनेटसँग मिलेर म्युजिकल कभर गाएकी छन् ।र्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत फिल्म बन्नेबारे पुष्टि गरिसकेका थिए । जोकरले सन् २०१९ मा विश्व बक्सअफिसमा १ बिलियन डलर कमाइ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर