एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का — OSNepal

एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का

LC (KTM) August 06, 2022 0

काठमाडौं ।

शनिबार बिहान गएको भूकम्पको केन्द्रविन्दु नुवाकोट रहेको छ ।

शनिबार बहिान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प काठमाडौउपत्यका आसपासका जिल्लाहरुमा पनि महशुस गरिएको थियो ।

यसअघि साउन १५ गते बिहान ८ स् १३ बजे खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

यो पनि : निर्वाचनको मिति सार्वजनिक भएसँगै निर्वाचन आयोगले गर्यो दल दर्ताको लागि आह्रान: सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले दल दर्ताको लागि आह्रान गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दिएको जानकारी अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने बताएका छन् ।

अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर