प्रेमी अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन खान — OSNepal

प्रेमी अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन खान

LC (KTM) August 06, 2022 0

मुम्बई, २१ साउन :

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।

‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन् । त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन् । सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन् । उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन् ।

ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे । तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन । उनीहरुले सन् २०१३ मा डिभोर्स गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर