लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को होस्ट गर्दै सलमान — OSNepal

लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को होस्ट गर्दै सलमान

LC (KTM) August 07, 2022 0

मुम्बई :
बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो ।

सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् । यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन् । केही समय अघि सलमान कामका लागि दुबई गएको भनिए पनि पछिल्लो रिपोर्ट अनुसार उनी त्यहाँ आराम गरिरहेका छन् ।

सलमान केही समययता लगातार फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त थिए । यही कारण उनी केही समयका लागि आराम लिनका लागि दुबई गएका हुन् । दुबईबाट फर्किएपछि उनी फिल्म ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन् । यो फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुँदै छ । सलमान टेलिभिजनमा डान्स रियालिटी शो ‘नच बलिए’ निर्माण गर्दैछन् । उनले लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को पनि होस्ट गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर