सरकार कहिले हट्छ शिक्षामा भएको बेथिति ! — OSNepal

सरकार कहिले हट्छ शिक्षामा भएको बेथिति !

LC (KTM) August 07, 2022 0

रुसा थापा

पछिल्लो दुई दशकअघिदेखि गाँउदेखि सहरसम्म नै छोराछोरी पढाउनुपर्छ भनेर हरेक नागरिकमा चेतना आएको छ । अहिले हरेक अभिभावकहरुको इच्छा आफ्नो बालबच्चाहरुलाई राम्रो शिक्षा दिने र जिम्मेवार पदमा पुप्याउने रहेको छ । अभिभावकहरुको चाहना छोराछोरीलाई राम्रो शिक्षा दिने आशा भएतापनि आर्थिक अभावका कारण उनीहरु चाहेर पनि दिन सक्दैनन् । अहिले आम्दानी हुने वा धनी मानिसहरुले आफनो बालबाच्चालाई गुणस्तरीय शिक्षाका लागि महंगो निजी विघालय वा कलेजमा पढाउँछन् भने कम आम्दानी हुने अभिभावकहरुले चाहेर पनि राम्रो तथा गुणस्तरीय शिक्षा बालबच्चालाई दिन सक्दैनन् । सरकारले केही दिनअघि मात्र एसईईको नतिजा सार्वजनिक गरेको छ । जसले गर्दा अहिले विघार्थीहरुलाई निजी कलेजमा तान्नका लागि कलेजहरु हानाथान गरिरहेका छन् ।

सरकारी विघालयमा पढेका विघार्थीहरु एसईई पास गरेपछि गाउँबाट सहरमा पढ्न र कामका खोजीमा आउने गर्छन् । यसरी विघार्थीहरु सहरआएपछि साथीसँग मिलेर वा एउटा कोठा भाडामा लिएर बस्ने गर्छन् । उनीहरुमाथि घरपरिवारको जिम्मेवारी पनि थपिने गर्छ जसले गर्दा पढाइका साथसाथै काममा पनि उनीहरु लाग्ने गर्छन् । यस्तो अवस्थामा उनीहरुसँग कलेज भर्ना गर्ने पैसाको अभाव रहन्छ र आफूले पढ्न चाहेको विषय पनि पढ्न पाउँदैनन् । सरकारी कलेज जतिसुकै सस्तो भएतापनि भर्ना, फिस, किताबकापी, डे्रस आदि गरेर एक वर्षको कम्तीमा पनि ५० हजार खर्च हुने गर्छ । भने निजी कलेजमा पढ्नका लागि कलेज हेरेर एक वर्षको १ लाखदेखि ३ लाखसम्म खर्च हुने गर्छ । निजी कलेजमा पढ्ने विघार्थीहरु अभिभावकहरुको नै सम्पूर्ण खर्च पढ्ने गर्छन् ।

निजी कलेजमा एउटा कलेज सञ्चालन गर्न अर्बो रुपैँया लगानी गरिएकोको हुन्छ । यिनीहरुले लगानी र नाफाकोपनि राज्यलाई एक सुको कर तिर्दैनन् । निजी कलेजमा विघार्थीले पढ्नका लागि खर्च गरेको रकम सरकारले निर्धारण नगरी यिनीहरुले आफूखुशी निर्धारण गर्ने गर्छन् । यस्ता कलेजहरुले प्रसारप्रचार गर्नका बजाएको विज्ञापनको पनि पछि विघार्थीहरुसँग गर्ने ठगेर पैसा लिने गर्छन् ।
जनताको छोराछोरीलाई पढाउने नाममा महंगो पैसा लिएर ठग्ने अनि राज्यलाई एक सुको कर पनि नतिर्ने साथै सञ्चारकर्मीहरु पनि निजी विघालय तथा कलेजहरुको विज्ञापन पाएपछि आवाजउठाउने गर्दैनन् । यसले गर्दा कमजोर आर्थिक अवस्था हुने विघार्थीहरु आफूले चाहेको विषय पढ्न महंगो रकम लाग्ने भएकाले चाहेर पनि पढ्नबाट वञ्चित भइरहेका छन् । सरकारी कलेजमा पढ्नका लागि पनि आर्थिक अभावका कारण विघार्थीहरु मारमा परिरहेका छन् ।

सरकारी विघालयमा पढेका विघार्थीहरु दुःख र अभावमा एसईईसम्म पास गर्छन् । छोराछारीले एसईईसम्म पास गरेपछि अब आफ्रनै कमाइमा पढ्न सक्छन् भन्ने अभिभावकहरुको आशा रहेको हुन्छ । एसईई पास गरेपछि विघार्थीहरुलाई राम्रो र सस्तो कलेजको आवश्यकता हुन्छ । तर सरकारी कलेजमा राजनिति पार्टीको सलग्ंनता र निजी कलेजमा लुटको धन्दाले विघार्थीहरु मारमा पर्छन् ।
यो सरकारी कलेजमा पढ्ने र आर्थिक कमजोर हुने विघार्थीहरुको ठुलो समस्या हो । जो निजी विघालय तथा कलेजमा पढ्छन् उनीहरुका अभिभावकहरु बालबच्चाले जुनसुकै महंगो कलेजमा पढ्ने भन्दा पनि पढ्न पाउँछन् । आफ्नो बालबच्चालाई महंगो र गुणस्तरीय शिक्षा प्रदान गर्ने गर्दछन् । यता सरकारी विघालयमा पढेका विघार्थीहरु बिहान आधा पिरियड मात्र कक्षा पढेर दिनभरी काम गर्ने गर्छन् भने धनी अभिभावकहरुका छोराछोरीहरु बिहानभरि सुत्ने र दिनभरी पढ्ने गर्छन् ।

सरकारी विघालयमा पढेका विघार्थीहरुले घरको सम्पूर्ण जिम्मेवारी आफूले नै निभाएका हुन्छन् उनीहरु काम गरेर आफ्नो घरमा आमाबुबालाई घरखर्च समेत पठाउने गर्छन् बरु उनीहरु आफू खाना खादैँनन् । उनीहरु कलिलो उमेरमा नै जिम्मेवारी र सक्षम बन्ने भएकाले जुनसुकै परिस्थितिमा लड्न तयार हुन्छन् ।निजी कलेजमा पढ्ने विघार्थीहरु कि पढाइ सकिएपछि मात्र जागिर खान्छन् कि १२ कक्षा पास गरेछि पढ्नका लागि अमेरिका , अस्ट्रेलिया जस्ता देशहरु जान्छन् । उनीहरु अभिभावककै सम्पूर्ण खर्चमा रमाउने गर्छन् । निजी कलेजमा पढ्ने राम्रा विघार्थीहरु पढ्न भनेर विदेश जाँदा पनि देशको मुद्रा बाहिर लैजान्छन् र बौदिक पलायन पनि हुने गर्छ । यसले गर्दा देश र अभिभावक दुवैलाई घाटा हुने गर्छ ।

सरकारी विघालयमा पढ्ने विघालयहरुलाई सुरुमै राजनीतिक दलको सदस्य लिन लगाइन्छ र आन्दोलन वा क्याम्पस तोडफोड गर्न सिकाइन्छ । साथै सरकारी विघालय तथा कलेजमा पढाउने शिक्षिकशिक्षिकाहरुले पनि राजनीतिक पार्टीको सदस्यता लिएका हुन्छन् । उनीहरु कलेज वा विघालय आउने हाजिर गर्ने अनि विघार्थी नै नपढाइ राजनितिक दलको कार्यक्रममातिर लाग्ने गर्छन् । उनीहरु विघार्थी पढाउन आएपनि १० देखि १५ मिनेट पढाउने अनि जाने गर्छन् । विघालय तथा कलेजहरुले विघार्थीहरुसँग भर्ना वा पुरै रकम नलिएसम्म जाँच पनि दिन नलगाउने गर्छन् । यसरी सरकारी विघालयमा पनि राम्रो पढाइ भएका विघार्थीहरु पैसा तिर्न नसकेर पढ्नबाट नै वञ्चित भइरहेका छन् ।

जतिसुकै विघार्थीसँग पढ्ने इच्छा भएपनि अभिभावकसँग पैसाको कमीले गर्दा बालबच्चाहरु सरकारी विघालयमा समेत पढ्नबाट वञ्चित भइरहेका छन् । यता निजी विघालय तथा कलेजमा पढाउने शिक्षकशिक्षिककाहरु राजनीतिक पार्टीमा पनि नलाग्ने ,तलब थारै भएतापनि विघार्थीहरुलाई राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने गर्छन् । अहिले सरकारी विघालय वा कलेजमा पढेका मानिसहरु राजनितितिर लाग्छन् भनी निजी विघालयमा पढेका मानिसहरु बौदिक पलायन हुन्छन् । यसरी विघालय जस्तो पवित्र मन्दिर वा स्थलमा राजनिति र व्यापार भइरहेको छ ।

नेपालको निजी विघालय तथा कलेजहरुमा राजनितिक दलहरुको लगानी रहेको छ ।सरकारी विघालयमा बन्द गरी निजी विघालयको एकाग्रता ल्याउन यिनीहरुले सरकारी विघालयका शिक्षकशिक्षिकाहरुलाई पढाउन छोडेर राजनितितिर लगाइरहेका छन् । त्यस्तै यता विज्ञापन दिएर विघार्थीहरु सबै निजी विघालय वा कलेजमा तान्ने र सरकारी विघालय तथा कलेजहरु बन्द गर्ने काम यिनीहरुले गरिरहेका छन् ।
अब सरकारी विघालय वा कलेजमा पढाउने शिक्षकशिक्षिकाहरुले राम्रोसँग पढाउने र आफ्नो जिम्मेवारी पुरा गरिदिने हो भनी निजी विघालयहरुले फाइदा लिन पाउदैँनन् । साथै आर्थिक कमजोर हुने बालबालिकाहरुले पनि पढ्न पाउन्थे र निजी विघालयहरुको ठगको धन्दा पनि बन्द हुने छ ।

शिक्षा एउटा ज्ञान प्रदान गर्ने आधार हो तर अहिले शिक्षामा पनि व्यापार भइरहेको छ । अहिले धनीका छोराछोरीहरुले राम्रो शिक्षा पाउँछन् भने गरिबका छोराछोरीहरु राजनितिमा लागेर आन्दोलनमा नै मर्ने गर्दछन् । सरकार शिक्षामा पनि किन यस्तो भेदभाव । अहिले निजी विघायलमा पढ्ने विघार्थीलाई १२ पास गरेपछि के गर्ने भनेर सोधेमा अमेरिका , अस्ट्रेलिया जान्छु भनेर भन्ने गर्छन् ।
त्यस्तै गरी सरकारी विघालयमा पढ्ने विघार्थीहरुलाई सोधेमा आफूलाई मन पर्ने पार्टीको कार्यकर्ता बन्छु र पछि नेता बन्छु भनेर उत्तर दिने गर्छन् । वर्षेपिछे ४ देखि ५ लाख नेपाली विघार्थीहरु निजी तथा सरकारी विघालयबाट एसईई पास गर्ने गर्छन् । अहिले पनि नेपालमा त्यस्ता बालबालिकाहरु धेरै रहेका छन् जसका अभिभावक गरिब भएकाले पढ्ने इच्छा हुदाँहुदैँ पनि पढाइ छोड्नुपर्ने बाध्यता रहेको छ ।
यसरी वर्षेपिछे ४ देखि ५ लाख एसईई पास गरेका नेपाली विघार्थीहरु निजी तथा सरकारी कलेजहरुलाई कमाइखाने भाडा बनिरहेको छ ।पछिल्लो समय त निजी तथा सरकारी कलेजहरुलाई मात्र आम्दानीको स्रोत नबनी अस्ट्रेयिा र अमेरिका जस्ता देशहरुलाई पनि नेपाली विघार्थीहरु कमाइखाने भाडो बनिरहेका छन् ।

नेपाल सरकार वा नेपाली जनताले १२ पास गरेपछि आफ्नो छोराछोरी अमेरिका र अस्ट्रेलियाका सरकारलाई जिम्मा दिने र नेपाली मुद्रा पनि उनीहरुलाई नै जिम्मा लगाइरहेका छन् । योबाट नेपाली जनता कति मुर्ख रहेका छन् भनेर सजिलै थाहा पाउन सकिन्छ । नेपाली जनता र सरकारले नै नेपालको अर्थतन्त्र धरायसी बनाइरहेका छन् । त्यस्तै गरी यता अमेरिका तथा अस्ट्रेलियाका सरकार १२ कक्षापास गरेपछि मात्र नेपाली विघार्थीहरु आफनो देश लैजाने गर्छन् जसले गर्दा १२ कक्षासम्म नेपाल सरकारले विघार्थीमाथि गरेको लगानी यस्ता मुलुकहरुले लगिरहेका छन् । अमेरिका, अस्ट्रेलिया जस्ता देशहरु पढाउने भन्दैे नेपालका दक्ष जनशक्तिहरु लगिररहेका छन् ।

नेपाली विघार्थीहरु नेपाली नागरिकता लिने, १२ कक्षा पास गरेको सर्टिफिकेट लिने र काम गर्न भने अमेरिका , अस्ट्रेलियाजाने गर्छन् । नेपाली विघार्थीहरु नेपालमा सानोतिनो काम गर्न लाज मान्ने , अमेरिका अस्ट्रेलियामा चर्पी सफा गर्ने भनी केही लाज हुदैँन र । देशको विकासमा आफैँ बाधा ल्याउने अनि देश विकास भएन भनेर भाषाणा गर्ने यो कताको नियम हो । अब शिक्षामा सुधार कहिले आउँछ , सरकार । कहिलेसम्म शिक्षामा राजनिति र व्यापार भइरहन्छ । कहिलेसम्म देशमा बौदिक पलायनले निरन्तरता लिइरहन्छ । शिक्षा मन्त्रालय र शिक्षा विभाग नेपालको विघार्थीहरुलाई बाहिरी मुलुकमा पढ्न जान भनेर लेटर प्याड बिक्री गरेर बसिरहेको छ र यतादेशको दक्ष जनशक्ति र पुँजी पनि खेरा गइरहेको छ । सरकार यो चलन कहिलेसम्म रहन्छ । यसको रोकथाम कहिले हुन्छ ।

पढ्ने नाममा वर्षेपिछे ६५ अर्ब रुपैँया लाखौँ विघार्थीहरुले अमेरिका, अस्ट्रेलियामा लैजाने गर्छन् । यसले राज्यलाई ठुलो क्षति पुप्याई रहेको छ । छोराछोरी अस्ट्रेलिया , अमेरिकाबाट नफर्केपछि अभिभावकहरु पनि आफ्नो चलअचल सम्पत्ति बेचेर वर्षेपिछे ९० अर्ब रुपैँया अमेरिका , अस्ट्रेलिया लैजाने गर्छन् । यसमा नेपाल सरकारले छिटोभन्दा छिटो ध्यान नदिएमा नेपालमा अर्थतन्त्र नै टाँट पल्टिन्छ । अब नेपाल सरकारले नेपालको शिक्षामा भएको बेथिति हटाएर शिक्षामा सुधार ल्याउने हो कि । यदि समयमै नेपालसरकारले नेपाली विघार्थीहरुलाई बाहिरी मुलुकमा पढ्नका लागि जान नरोकेमा नेपाल सकिने छ । नेपाली विघार्थी बाहिरी मुलुक नपठाऊ, देशको अर्थतन्त्र जोगाँऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर