मलाइकाको फोटो शेयर गर्दै यसरी प्रेममा डुबे अर्जुन कपुर — OSNepal

मलाइकाको फोटो शेयर गर्दै यसरी प्रेममा डुबे अर्जुन कपुर

LC (KTM) August 07, 2022 0

एजेन्सी -पछिल्लो हप्ता भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर अमेरिकाको न्यूर्योकमा छुट्टी मनाउन व्यस्त छन् । उनीहरुले छुट्टी मनाउँदै गरेको फोटोहरू इन्स्टाग्राममा लगातार शेयर हुँदै आएको छ ।यसै क्रममा अर्जुन कपुरले इन्स्टाग्राममा मलाइकाको फोटो शेयर गर्दै दुई जनाको सम्बन्धबारे खुलासा गरेका छन् ।

वास्तवमा एक्टरले जुन फोटो शेयर गरेका छन् त्यसमा मलाइकाले हर्टको आकारको स्लिंग ब्याग लिएकी छन्। यधपी यो फोटोमा मलाइकाले हर्ट आकारको ब्यागले आफ्नो अनुहार छोपेकी छन्। यो फोटोमा उनले लेखेका छन् ,”उनीसँग मेरो मुटु छ।” उनको यस भनाइसँगै मलाइका र अर्जुनको सम्बन्धको बारेमा फेरि चर्चा भएको छ ।

म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय :

अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ । दुई प्रख्यात मोडलहरू – नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पु¥याउने कार्य गरेको आरोप लगाइएको छ ।

उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ ।

दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ ।

सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पु¥याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर