‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठले मेयर हर्क साम्पाङको निम्तोमा गरे धरानमा वृक्षरोपण, मेयरलाई सघाउन आग्रह — OSNepal

‘द भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठले मेयर हर्क साम्पाङको निम्तोमा गरे धरानमा वृक्षरोपण, मेयरलाई सघाउन आग्रह

LC (KTM) August 07, 2022 0

काठमाडौं :
‘द भ्वाइस अफ नेपाल’का कोच तथा चर्चित गायक दीप श्रेष्ठ धरानमा पुगेर वृक्षरोपण गरेका छन् । निजी कामको सिलसिलामा धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा सहभागी भएका हुन् ।

सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिएपछि फुर्सदमा रहेका उनले वृक्षरोपण गरेको तस्विर सुामाजिक संजालमा सेयर गरेका छन् ।

‘फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ,’ उनले भने, ‘आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ, खुसी लाग्यो ।’श्रेष्ठसँगै अन्य स्थानीयबासीले पनि पार्कमा वृक्षरोपण गरे । उनले यस्तो कार्यमा मेयरलाई सघाउन समेत आग्रह गरे ।मेयर निर्वाचित भएपछि साम्पाङले प्रत्येक शनिबार वृक्षरोपण अभियान चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर