१५ दिनकी सुत्केरी पत्नि बबितालाई माइत पठाएर राजेशले गरे अर्को विबाह, ससुराले दिए उल्टै जेठी बुहारीलाई धम्की — OSNepal

१५ दिनकी सुत्केरी पत्नि बबितालाई माइत पठाएर राजेशले गरे अर्को विबाह, ससुराले दिए उल्टै जेठी बुहारीलाई धम्की

LC (KTM) August 07, 2022 0

काठमाडौं :

१५ दिनकी सुत्केरी श्रीमतीलाई माइत पठाएर एक पुरुषले दोसे विबाह गरेका छन् । खबर हो भारत, मध्य प्रदेशको इन्दौरको ।

राजेश नाम गरेका ति पुरुषले भर्खरै घरमा छोरी जन्मिएको १५ दिनमा छोरी र पत्नि बबितालाई माइत पठाएर आँफु भने मुस्लिम युवतीसँग भागेर विवाह गरेका छन् । राजेशले घरकी पत्निलार्य धोका दिएर आयशा खानसँग दोस्रो विवाह गरेका हुन् ।

राजेशको लामो समयदेखि ति युवतीसँग अफेयर चलिरहेको उनकी पतिनले आरोप लगाएकी छिन् । पतिले दोसे विबाह गरे लगत्तै छोटा बांगर्डा निवासी बबिता परमारले श्रीमान् राजेश परमारविरुद्ध उजुरी छिन् ।

माइतमा रहेकी राजेशकी पत्निले यो सबै कुरा सामाजिक संजालबाट थाहा पाए लगत्तै ससुरा कनिरामलाई फोन गरेर सत्यतथ्य जान्न चाहेपछि उनका ससुराले र पतिले धम्की दिएको बताइएको छ ।

राजेशले अर्की महिलालाई लिएर गएपछि परेको उजुरीका आधारमा प्रहरीले बुवा कनिरामसँग सोधपुछ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर