बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु — OSNepal

बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

LC (KTM) August 09, 2022 0

बुटवल-बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताउनुभयो ।

प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने उहाँको भनाइ छ । उहाँले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गर्नुभयो ।राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर