महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने सांसद बस्नेतको माग — OSNepal

महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बन गर्नुपर्ने सांसद बस्नेतको माग

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्मबहादुर खातीको निलम्बनको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले महान्यायाधिवक्ता खातीमाथि ललितपुरको इमाडोलमा १३ वर्षिया बालिकामाथि भएको बलात्कारको मुद्दा दबाउने भूमिका खेलेको भन्दै निलम्बनको माग गरेका हुन् ।

बुढिगंगा नगरपालिकामा आफ्नो दाजुलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गरेको, बालुवाटार प्रकरणमा सिआइबीले २०७८ पौषमा पेस गरेको फाइल पुरा नभएको भनेर फिर्ता गराउने जस्ता काम गरेका गरेको आरोप लगाएका छन् ।

तत्काल प्रधानमन्त्रीले निलम्बन माग गरेका बस्नेतले भने , ‘नेपाल सरकारको महान्यायाधिवक्ता पदमा बसिरहेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा यस्ता विवादित, यस्ता ठग र अपराधिक व्यक्तिलाई कुनैपनि हालतमा राख्नुहुँदैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर