कबड्डीकै कलाकारहरु भएका कारण ‘२ नम्बरी’लाई ‘कबड्डी ५’ भनिएको हो ? निर्देशकले खोले भित्री कुरा — OSNepal

कबड्डीकै कलाकारहरु भएका कारण ‘२ नम्बरी’लाई ‘कबड्डी ५’ भनिएको हो ? निर्देशकले खोले भित्री कुरा

LC (KTM) August 10, 2022 0

काठमाडौँ ।

निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको नयाँ फिल्म ‘२ नम्बरी’को टिजर रिलिज गरिएको छ ।

‘घामपानी, गोपि, छ माया छपक्कै’ जस्ता फिल्मका निर्देशक लामाले निर्देशन गरेको यो फिल्मको टिजर रिलिज गरिएसँगै राम्रो चर्चा सुरु भएको छ ।

दर्शक, मिडियाकर्मी र समीक्षको उत्कृष्ट प्रतिक्रिया दिइरहेका बेला यो फिल्ममा ‘कबड्डी’को स्वाद आएको प्रतिक्रिया समेत सुन्न थालिउको छ ।

यो फिल्मलाई ‘कबड्डी ५’ का रुपमा कतिपयले व्इाख्इा गरिरहेका बेला निदेृशक लामाले भने फिल्म कबड्डीको कुनै पनि प्लट वा बिषयसँग नमिल्ने प्रतिक्रिया दिउका छन् ।

दयाहाङ राई र सौगात मल्ल जस्ता स्टार कलाकारहरुका कारण दर्शकले ‘कबड्डी ५’ को झल्को पाइरहेको भएता पनि यसको विषयबस्तु र कथा भिन्नै भएका कारण त्यताको पाटोसँग कुनै कुराको पनि मेल नखाने कुरामा लेखक समेत रहेका लामाले प्रस्ट पारे ।

‘२ नम्बरी’मा दर्शकले फरक स्वादमा अर्गानिक कथामा फिल्म हेर्न पाउने लामाको भनाई छ । फिल्ममा दया र सौगातका अलावा उपासना सिंह ठकुरी, उगेन छोदेन, लगायतका लोकप्रिय कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर