रकम अभाबमा कोरियामा मृत्यु भएका जीवनको शव नेपाल ल्याउन समस्या — OSNepal

रकम अभाबमा कोरियामा मृत्यु भएका जीवनको शव नेपाल ल्याउन समस्या

LC (KTM) August 11, 2022 0

काठमाडौं । दक्षिण कोरियामा सडक दुर्घटनामा परी मृत्यु भएका सुर्खेतका जीवन मगरको शव नेपाल ल्याउन समस्या भएको छ । पर्याप्त हवाई भाडा नभएपछि मगरको शब नेपाल ल्याउन समस्या भएको हो ।श्रमिकले विदेश जाँदा बुझाएको रकमबाट वैदेशिक रोजगार बोर्डले पाँच लाख ७० हजार कोरियन वन मात्र उपलब्ध गराउँछ ।

तर, यो रकम कोरियाबाट नेपाल शव पुर्‍याउन आधा रकम नपुग्ने भएको बताइएको छ ।अहिले कोरियन एयरले शव नेपाल पुर्‍याउन १२ लाख ३० हजार वन अर्थात करिब एक लाख २० हजार भन्दा बढी भाडा लिने गरेको छ ।

जीवनको शव नेपाल पठाउन बाँकी रकम कहाँबाट जोहो गर्ने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागि नसकेको बताइएको छ । जीवनको गत मंगलबार हरियो बत्ती बलेकै बेला बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।शव पठाउन रकम अभाव नहोस भनेर आवश्यक रकम संकलन गर्न सुरु गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर