एमालेले बनायो माओवादी केन्द्र छाडेका गौतम र देवकोटालाई केन्द्रिय सदस्य — OSNepal

एमालेले बनायो माओवादी केन्द्र छाडेका गौतम र देवकोटालाई केन्द्रिय सदस्य

LC (KTM) August 12, 2022 0

काठमाडौं २७ साउन । नेकपा माओवादी केन्द्र छाडेका जीवन गौतम एमालेको .केन्द्रिय सदस्य भएका छन् । एमालेको बिहिबार बसेको सचिवालय बैठकले गौतमलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

गौतम माओवादीमा पार्टी केन्द्रीय सदस्य र दाङ इन्चार्ज समेत थिए । त्यसैगरी , गएको निर्वाचनमा हृदयेश त्रिपाठीसँगै तत्कालीन तमलोपाबाट विद्रोह गरी सूर्य चिन्हबाट चुनाव लडेका कपिलवस्तुका सांसद बृजेशकुमार गुप्तालाई पनि एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पार्टी परित्यागको घोषणा गर्दा आफू कम्युनिष्ट विचारधाराबाट अलग नभएको भन्दै कुनै पनि पार्टीमा सक्रिय नहुने भनी घोषणा गरेका गौतम अन्तत एमालेका केन्द्रिय सदस्य भएका हुन् ।

यसैगरी, माओवादीबाटै आएका बाराका धर्मदत्त देवकोटा र झापाका अमृत राजवंशीलाई पनि केन्द्रीय सदस्य बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर